लमजुङ एजुकेशन सेन्टरको आयोजनामा बैदेशिक यात्रामा भाषा र सिपको महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्रावण १५, लमजुङ एजुकेशन सेन्टरले होटल तुल्सी होम बेसीशहरमा एक कार्यक्रम बिच बैदेशिक यात्रामा भाषा र सिपको महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बेसीशहरका रहेका ५० जना विभिन्न स्कुल कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बैदेशिक यात्रामा भाषा र सिपको महत्वको बारेमा पोखरा मल्टिप्रर्पोज एजुकेशन हब प्रा.लि. का प्रबन्ध निर्देशक रबिन अधिकारीले जानकारी गराउनु भएको थियो । साथै विद्यार्थी जीवनमा समयको महत्व र व्यावस्थापन विषयमा सिद्धार्थ बैंक लि. बेसीशहर शाखाका प्रमुख जनक अधिकारीले तालिम दिनुभएको थियो ।
देशका विभिन्न ७ वटा शहरबाट सेवा संचालन गरेको पोखरा मल्टिप्रर्पोज एजुकेशन हब प्रा.लि. ले अब लमजुङ जिल्ला बेसीशहर नगरपालिका–८, नारायण स्थान चोकमा लमजुङ एजुकेशन सेन्टर नामबाट पनि सेवा संचालन गरेको प्रबन्ध निर्देशक कर्ण बहादुर गुरुङले जानकारी दिनु भयो ।

समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *