काठमाडौँ – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को चहलपहल बढ्दै गरेको सन्दर्भमा आज देशभरिबाट मनोनयन दर्ता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)का सर्वेन्द्रनाथ खनालले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी जसपाका तर्फबाट युवा नेता मनोज आचार्यको मनोनयन दर्ता भएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालयमा आइतबार प्रधान, खनाल र आचार्यले मनोनयन दर्ता गराएका हुन् । काङ्ग्रेसका प्रधान २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन र संविधानसभा निर्वाचन २०७० मा काठमाडौँ ६ बाट निर्वाचित भएका थिए । खनाल भने केही दिनअघि मात्रै एमालेमा प्रवेश गरेका हुन् । उनी नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् । आचार्य भने लामो समय शिक्षा क्षेत्रमा सरिक रहेका युवा तथा बौद्धिक व्यक्तित्व हुन् । आचार्य देश सञ्चालनको जिम्मा अब नयाँ पुस्ताले लिनुपर्ने र देशको कायापलट उनीहरूबाट मात्र सम्भव छ भन्ने विचार धाराबाट प्रेरित छन् ।
प्रधान, खनाल र आचार्यले आफ्नो पार्टीका उक्त क्षेत्रअन्तर्गतका प्रदेशसभा सदस्यका उम्मेदवारहरूसँगै मनोनयन दर्ता गराएका हुन् । यसरी हेर्दा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ को चुनावमा त्रिपक्षीय लडाइ हुने प्रष्ट देख्न सकिन्छ । युवा तथा बौद्धिक व्यक्तिहरु मन पराइएको अहिलेको अबस्थामा यो क्षेत्रमा कस्ले बाजि मार्नी हो यसै भन्न सकिन्न ।
काठमाडौँ क्षेत्र नं. ६ मा प्रधान र खनाललाई आचार्यको कडा टक्कर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?