तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयरमा ycl केन्द्रिय सदश्य , ycl गण्डकी प्रदेश सह संयोजक , नेकपा माओवादी केन्द्र तनहुँ जिल्ला समन्वय समिती सदश्य रहेका सरन सापकोटाको चर्चा चल्न थालेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी उम्मेदवार छान्ने र वडा भेला तथा सम्मेलनले तीब्रता बढेको छ । स्थानीय निर्वाचन नजिकिदै गर्दा देश चुनावमय बन्दै गैरहेको छ । बिभिन्न राजनैतिक दलहरुले आ-आफ्ना चुनाबी कार्यक्रमहरु,प्रचार-प्रसार र घर दैलो कार्यक्रम सुरु गरिसकेका छन् । दलहरुले आ-आफ्ना उमेदवार छान्ने प्रक्रिया सुरु गरिसके, कतिपय स्वतन्त्र उमेदवारहरुले पनी उमेदवार घोषणा गरेका छन् ।
माओबादीको संगठन शुक्लागण्डकीमा राम्रो मानिएको र अघिल्लो स्थानीय निर्वाचनमा दुई वडा माओबादीले जितेको कारणले पनी माओबादीले शुक्लागण्डकी नै रोज्ने देखिन्छ । सत्तारुढ दलहरुबीच चुनाबी गठबन्धन हुने लगभग निश्चित भैसकेको अवस्थामा तनहुँमा शुक्लागण्डकी नगरपालिका नेकपा (माओबादी केन्द्र)को भागमा पर्ने सक्ने सम्भावना छ । तनहुँका चार नगरपालिका मध्ये कुनै एक रोज्नु पर्ने अवस्थामा माओबादीले शुक्लागण्डकी नै रोज्ने अनुमान छ ।
लामो समय देखि यस राजनीतिक क्षेत्रमा सक्रिय रहेका र युवाहरु को ढुकढुकी भन्न सफल भएका सापकोटा यस क्षेत्रका जनतामाझ निकै लोकप्रीय छन् । सापकोटा मेयर भए शुक्लागण्डकीको समग्र बिकाशको लागी पनी राम्रो हुने बुझाई रहेको छ ।
माओबादीले औपचारिक रुपमा शुक्लागण्डकीको मेयरको उमेदवारको टुंगो लगाएको छैन । माओबादीबाट नगरको मेयरमा विश्वजित गौतम ,खुम बहादुर बि.क.(राजु), मुक्ति सिग्देल, लगायत आकांक्षी छन् ।
शुक्लागण्डकी नगरपालिकामा सरन सापकोटाको चर्चा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?