धोनीलाई ‘हल अफ फेम’को सम्मान, भन्छन्- यो क्षणलाई म सधैँ सजाएर राख्नेछु

काठमाडौँ- भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई आईसीसीले हल अफ फेमको सम्मान प्रदान गरिएको छ। सोमबार लन्डनमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को हल अफ फेममा समावेश गरिएको हो।

धोनीले आफूलाई गरिएको उक्त सम्मान धेरै ठूलो भएको बताएका छन्। ‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानका आधारमा आईसीसीको हल अफ फेममा समावेश हुनु मेरा लागि ठूलो सम्मानको कुरा हो,’ उनले भनेका छन्, ‘यति महान् खेलाडीहरूसँग मेरो नाम समावेश भएको क्षणलाई म सधैँ सजाएर राख्नेछु।’

धोनीले २००४ मा भारतीय क्रिकेट टोलीको लागि आफ्नो पहिलो इनिङ खेलेका थिए। ३५० एकदिवसीय, ९८ टी-२० र ९० टेस्ट खेल खेलेका धोनीको कप्तानीमा भारतीय क्रिकेट टोलीले २००७ मा आईसीसी टी-२० विश्वकप, २०११ मा आईसीसी विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो।

आईसीसीले सोमबार क्रिकेट जगत्‌का ७ खेलाडीहरूलाई हल अफ फेममा समावेश गर्ने घोषणा गरेको छ। यसमा दुई महिला खेलाडी छन्।

अष्ट्रेलियाका म्याथ्यु हेडेन, न्यूजील्याण्डका डेनियल भेटोरी, दक्षिण अफ्रिकाका हासिम अल्मा, दक्षिण अफ्रिकाका गाइम स्मिथ, इङ्ल्याण्डकी महिला विकेटकीपर सारा टेलर र पाकिस्तानकी साना मिरलाई यो सम्मान दिइएको हो।

खेलकुद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *