सर्वोदय मा. वि.- लमजुङ को “सर्वोदय पात्रो” नामक मोबाइल एप सार्वजनिक

लमजुङ – सर्वोदय माध्यामिक विद्यालय आफैँले एप्लिकेशन बनाएको छ ।  आज आइतबार वि.व्य.स का अध्यक्ष श्री नारायण बहादुर के. सी. र सुन्दरबजार वडा न. ३ का अध्यक्ष श्री अमृत नेउपाने लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा एक कार्यक्रम गरि यस एप्लिकेशन सार्वजनिक गरिएको छ ।

केही विद्यालयहरूले अरूले बनाएको एप्लिकेशन प्रचलनमा ल्याएको भए पनि विद्यालय आफैँले बनाएको एकदमै कम मात्रामा रहेको छन्  विद्यालयको सूचना प्रविधि शाखाको पहलमा यसै विद्यालयका प्रशिक्षक श्री दिपक घर्ती ज्यूले  यस एप्लिकेशन तयार पार्नुभएको हो ।

पहिला सामान्यतया भितेपात्रो प्रयोग गरिन्थियो भने मोबाइलको लागि Digital पात्रो बाट सुरु गरेको Coordinator दिपक घर्ति सरले बताउनु भयो । हाललाई यस भित्र पात्रोमा भएका सम्पूर्ण जानकारी पनि हुने गरि विद्यालयमा हुने कार्यक्रमहरुको इभेन्ट लिस्ट, अभिभावक विद्यार्थी लाइ जानकारी दिन नोटिस बोर्ड, सार्वजनिक विदाहरुको सुची, सम्पर्क फारम जसबाट विद्यालयमा मेल गर्न सकिन्छ, शिक्षक, कर्मचारी, प्रशिक्षक लगाएत वि.व्य.स. र शिक्षक अभिभावक संघको नाम र फोन नम्बरको सुची पनि समावेस छ र फेसबुकमा गरिएका पोस्टहरुपनि यही एप बाट हेर्न सकिन्छ ।

 

यस एप्लिकेशनबाट आगामी दिनमा अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको निगरानी गर्न सक्नेछन् । एप्लिकेशनमा  गृहकार्य, विद्यार्थीको हाजिरी, Portfolio लगायतको जानकारी, अनलाइन सुझाव पेटिका, अनलाइन रिजल्ट प्रकासन, शिक्षकहरुको बिवरण पनि रहने विद्यालयका प्र.अ. श्री कृष्णप्रसाद पोखरेल ज्यु ले बताउनु भएको छ साथै आगामी दिनमा विद्यालयमा डिजिटल प्रविधि द्वारा पठन पाठन समेत गरिने बताउनु भयो  । विद्यालयले हरेक दिन एप्लिकेशनमा विद्यार्थीको क्रियाकलापबारे अद्यावधिक गराइराख्ने छ ।

“सर्वोदय पात्रो “ नाम गरेको एप्लिकेसन केहि दिनमा प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने विद्यालयले जनाएको छ । तर हाललाई भने तल दिइएको लिंक अथवा QR Code scan गरेर डाउनलोड गर्न सकिनेछ ।

Link: https://rb.gy/31gzb6

एप्लिकेशन सार्वजनिक गर्दै विद्यालयले अभिभावक, विद्यार्थीहरूलाई उत्प्रेरणा कार्यक्रम पनि गरेको छ ।

Byteshala Pvt. Ltd. 
प्रोपाइटर : श्री दिपक घर्ती
फोन: ९८४३६०३६३५/९८१८७५१६३२
इमेल: deepakgharati@gmail.com / info@byteshala.com
website: www.byteshala.com / www.deepakgharti.com.np

अन्तर्वार्ता/विचार मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *