बिनिता भण्डारी । तनहुँको व्यास नगरपालिका–११ मा रहेको तनहुँसुर पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ऐतिहासिक ठाउँ हो । सेनवंशी राजाले शासन गरेको ‘तनहुँसुर को राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
वि.सं. २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । तनहुँसुर नेवार समुदायको ६० घर मध्य अहिले 3 घर मात्र रहेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली बसाइँ सरेर गएका छन् पर्यटकीय क्षेत्र भए पनि खानेपानीको ठुलो समस्या रहेको स्थानीय ले बताएका हुन् । lifting गरेकोे पानी खान को लागि पनि पुगनपुग हुने गर्दैछ । मुख्य पेशा कृषि भएपनि पानी को अभावले कृषिमा समस्य आएको र बाख्रा पालन बाट आम्दानी गर्ने स्थानीय बासिन्दा दिपक आले मगरले बताए ।
उनका अनुसार खानेपानी / खाजा घर/ सडक को विकास गर्न सके र दरबारले थप आकर्षण गरे पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सम्भावना रहेको जानकारी दिए।
। तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा पर्यटकीय शहर पोखराको समेत अवलोकन गर्न सकिन्छ । वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका छ जनाले सहादत प्राप्त गरेका थिए । सहिद पार्कपनि रहेको छ।
तनहुँसुर राजदरबारको पहिलो चरणको पुनर्निर्माण सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?