अञ्जनाको लोकप्रीयता बढे संगै चन्द्रोदयमा क्रान्तिकारी जित तर्फ उन्मुख

swawiyu

धादिङ्ग चैत ३.धादिङ्ग जिल्लाकै प्रतिष्ठित क्याम्पस चन्द्रोदय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको रौनक छाएको छ। यहि चैत्र ५ गते हुन गैरहेको स्ववियु निर्वाचनले देशनै गर्माएको बेला चन्द्रोदयमा पनि स्ववियु निर्वाचनको माहोल तातेको हो। प्रभावशाली देखिने अखिल (क्रान्तिकारी), ने वि संघ, अनेरास्वयु लगायतकै प्रतिस्पर्धा यस क्याम्पसमा पनि हुने देखिएको छ। स्ववियुको लागि मात्र नभएर पहिले देखिने बिधार्थीहरुको हक हितमा लागि पर्नी, छात्रा साथिहरुको कुरा बुझ्ने, मिलनसार, सरल भएकाले अखिल (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिको उमेदबार रहेकी अञ्जनाको चर्चा अहिले निकै बढेको छ।
अञ्जना रेग्मी सभापति रहेको प्यानलबाट क्षमतावान बिधार्थी नेताहरु विवेक त्रिपाठी सचिवमा, सुवास सुयल कोषाध्यक्षमा, सुमन चेपाङ्ग, रेनुका नेपालि, निसिता माझी सदस्यका उमेदबार छन् भने अस्मिता सिलवाल, आर्यन दाहाल, आशिष तिवारी, दीक्षा खनाल, सुदिप थापा लगाएत समानुपातिक उमेदबार छन्। सबै भन्दा समाबेसी देखिएको अखिल (क्रान्तिकारी)को प्यानललेनै सबै बिधार्थीहरुको मन जितेको त्यहा अध्ययनरत बिधार्थीहरुले बताएका छन्। swawiyu

मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *