यसरी मनाइदै छ राम सिताको बिबाह जानकी मन्दिरमा

जनकपुरधाम। त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ। मिथिला नरेश राजा जनककी छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी भव्यताका साथ सात दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ। विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज ‘नगर दर्शन’ सम्पन्न भएको छ। अयोध्याका राजकुमार भगवान् रामसँगै भाइ लक्ष्मण र गुरु […]

पुरा पढ्नुहोस् ..

दिनानुदिन बढ्दै छ अनलाइन ठगी, सचेत रहन अनुरोध

काठमाडौँ। पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो। परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी […]

पुरा पढ्नुहोस् ..

कुलिङ पिरियडमा भएको छेडखानीबारे छानबिन गर्न ७ सदस्यीय समिति गठन

निजामती विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन तथा अध्यन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ। शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग गरेको बैठकपछि यस्तो निर्णय भएको नेकपा (माओवादी केन्द्र)को प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनका अनुसार समितिमा नेपाली कांग्रेसबाट २, नेकपा एमालेबाट २, माओवादीबाट १, रास्वपाबाट १ […]

पुरा पढ्नुहोस् ..

एमालेको दुई वटा विधान रहेको कर्ण थापाको खुलासा

काठमाडौँ । नेकपा (एमाले) का नेता कर्ण थापाले पार्टीको विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेर हद नहटेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनले पास गरेको कुरामा राष्ट्रिय महाधिवेशनपछि जालझेल  गरेर विधान छापिएको दाबी गरेका हुन् । उनले अहिले एमालेमा दुई वटा विधान देखाएर आफू […]

पुरा पढ्नुहोस् ..

माओवादी केन्द्रले श्रमदान बाटै बनायो तटबन्ध

दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत दाङ तुलसीपुरको पातुखोला पुल जीर्ण हुन थालेपछि श्रमदान गरेर तटबन्ध गरिएको छ । शनिबार माओवादी केन्द्र तुलसीपुरले श्रमदान गरेर तटबन्ध निर्माण गरेको हो । जहाँ तटबन्ध नहुँदा पुल मुनीको भाग गहिरिएर गएको छ । जसले गर्दा पुल जीर्ण अबस्थामा रहेपछि श्रमदान गरेर तटबन्धको काम गरिएको माओवादी केन्द्र तुलसीपुर नगर अध्यक्ष मोहन […]

पुरा पढ्नुहोस् ..

एकल आमाका सन्तानलाई नागरिकता दिने गरी विधेयक पारित

काठमाडौँ, असार १४। नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो। त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए। नेपाली नागरिक एकल आमाबाट जन्मिएका […]

पुरा पढ्नुहोस् ..

रवि छुटाउन रास्वपाको हस्ताक्षर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवारबाट घरदैलो पदयात्रा सुरु गरेको छ। पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधविरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौं जिल्ला समितिले शनिवार न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो। न्यूरोड गेटबाट सुरु गरिएको पदयात्रा टेबहाक, सुन्धारा, लगन चिकामुगल हुँदै इन्द्रचोक पुग्ने छ। पदयात्रामा पार्टीका उपसभापति डीपी अर्याल, विराजभक्त श्रेष्ठलगायतका नेताहरुको सहभागिता छ। […]

पुरा पढ्नुहोस् ..

‘इरानलाई खासै क्षति भएन’ भन्ने सूचनापछि ट्रम्प प्रशासनमा खैलाबैला

काठमाडौं– ‘अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न सकेको छैन’ भन्ने आधिकारिक सूचना चुहिएपछि अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प यतिबेला आक्रोशित बनेका छन्। यस्ता समाचारहरुलाई उनले ‘फेक न्युज’ करार दिइरहेका छन्। तर यो विषयले अमेरिकी राजनीति र प्रशासनवृत्तमा एक प्रकारको तरङ्ग नै ल्याइदिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदन अनुसार इरानका आणविक स्थलहरूमा […]

पुरा पढ्नुहोस् ..

मदन भण्डारी जयन्तीमा ‘विद्या पक्ष’प्रति ओलीको आक्रोश, भन्छन्- हिसाबकिताब हुन्छ!

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्त्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन। केही स्वार्थीहरुलाई महाधिवेशन लागेको […]

पुरा पढ्नुहोस् ..

एमालेको राजनीतिमा सक्रिय हुने विद्या भण्डारीको घोषणा

काठमाडौँ, असार १४– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छन्। मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेकी हुन्। एमालेको राजनीतिमा सक्रिय हुनकै लागि आफूले एमालेको सदस्यता नवीकरण गरेको उनको भनाइ थियो। ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने […]

पुरा पढ्नुहोस् ..