रवि छुटाउन रास्वपाको हस्ताक्षर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवारबाट घरदैलो पदयात्रा सुरु गरेको छ। पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधविरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौं जिल्ला समितिले शनिवार न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो। न्यूरोड गेटबाट सुरु गरिएको पदयात्रा टेबहाक, सुन्धारा, लगन चिकामुगल हुँदै इन्द्रचोक पुग्ने छ। पदयात्रामा पार्टीका उपसभापति डीपी अर्याल, विराजभक्त श्रेष्ठलगायतका नेताहरुको सहभागिता छ। […]

पुरा पढ्नुहोस् ..

‘इरानलाई खासै क्षति भएन’ भन्ने सूचनापछि ट्रम्प प्रशासनमा खैलाबैला

काठमाडौं– ‘अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न सकेको छैन’ भन्ने आधिकारिक सूचना चुहिएपछि अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प यतिबेला आक्रोशित बनेका छन्। यस्ता समाचारहरुलाई उनले ‘फेक न्युज’ करार दिइरहेका छन्। तर यो विषयले अमेरिकी राजनीति र प्रशासनवृत्तमा एक प्रकारको तरङ्ग नै ल्याइदिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदन अनुसार इरानका आणविक स्थलहरूमा […]

पुरा पढ्नुहोस् ..

मदन भण्डारी जयन्तीमा ‘विद्या पक्ष’प्रति ओलीको आक्रोश, भन्छन्- हिसाबकिताब हुन्छ!

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्त्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन। केही स्वार्थीहरुलाई महाधिवेशन लागेको […]

पुरा पढ्नुहोस् ..

एमालेको राजनीतिमा सक्रिय हुने विद्या भण्डारीको घोषणा

काठमाडौँ, असार १४– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छन्। मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेकी हुन्। एमालेको राजनीतिमा सक्रिय हुनकै लागि आफूले एमालेको सदस्यता नवीकरण गरेको उनको भनाइ थियो। ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने […]

पुरा पढ्नुहोस् ..

सर्वोदय मा. वि.- लमजुङ को “सर्वोदय पात्रो” नामक मोबाइल एप सार्वजनिक

लमजुङ – सर्वोदय माध्यामिक विद्यालय आफैँले एप्लिकेशन बनाएको छ ।  आज आइतबार वि.व्य.स का अध्यक्ष श्री नारायण बहादुर के. सी. र सुन्दरबजार वडा न. ३ का अध्यक्ष श्री अमृत नेउपाने लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा एक कार्यक्रम गरि यस एप्लिकेशन सार्वजनिक गरिएको छ । केही विद्यालयहरूले अरूले बनाएको एप्लिकेशन प्रचलनमा ल्याएको भए पनि विद्यालय आफैँले […]

पुरा पढ्नुहोस् ..

बस दुर्घटना, एकको मृत्यु, आधा दर्जन बढी घाइते

रामेछाप । मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ४ ख ४२१० नं.को बस आज (आइतबार) अपरान्ह्र दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अधिकांश यात्रु […]

पुरा पढ्नुहोस् ..

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि […]

पुरा पढ्नुहोस् ..

नेकपाले न्यूरोडमा लगायो डोजर, यस्ता छन् ६ कारण

२५ मंसिर पोखरा । नेपाल कम्युनिस्ट पार्टीले यहाँस्थित न्यूरोडको एक विवादित जग्गामा डोजर लगाएको छ । स्थानीय हरिबहादुर थापाको जग्गा माफियाहरुले कब्जा गरेको भन्दै नेकपाको जनपरिषद्ले डोजर लगाएको हो । कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडको कैलाश विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाले आप्नो ९ रोपनी ३ आना किर्ते कागज गरेर कब्जा गरेको भन्दै पीडितलाई […]

पुरा पढ्नुहोस् ..

निर्वाचित रेशमलाई जेल कोचेर ठूलो अन्याय : नेतृ हिसिला यमी

कैलाली। नयाँशक्ति पार्टी नेपालकी हेडक्र्वाटर सदस्य एवं नेतृ हिसिला यमीले धनगढीमा थारु अगुवाहरुसँग टीकापुर घटनाबारे छलफल गरेकी छिन् । थरुहट थारुवान आन्दोलनको क्रममा घटेको टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका जननिर्वाचित तर सपथ नगराइएका सांसद रेशम चौधरीसहित २७ विरुद्ध लागेको मुद्दा र समसमायिक राजनीतिक घटनाक्रमबारे थारु अगुवालाई बोलाएर छलफल गरेकी हुन् । […]

पुरा पढ्नुहोस् ..

निर्मला हत्या प्रकरणः प्रदीप-विशाल पनि दिलिपजस्तै ‘नक्कली’ अभियुक्त ?

२२ मंसिर, धनगढी । निर्मला पन्तलाई बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले अभियोग स्वीकार गरेको बयन सार्वजनिक भएसँगै विभिन्न टिकाटिप्पणी हुन थालेकोक छ । सिआईबीले पक्राउ गरेका रावल र चौधरीले अभियोग स्वीकार गरेको भन्दै बयन संचारमाध्यमहरुमा सार्वजनिक भएको छ । सामाजिक संजालहरुमा दिलिप विष्टजस्तै गरी प्रदीप र विशाललाई अभियोग स्वीकार गर्न […]

पुरा पढ्नुहोस् ..