बन्दिपुर गाउँपालिकाले सुरु गर्‍यो भुमिहिन सुकुम्बासीलाई लाल पुर्जा बितरण कार्यक्रम

२०७८ चैत २१ । तनहुँको बन्दिपुर गाउँपालिकाले आज देखि लालपुर्जा (निस्सा) वितरण कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) (निस्सा) वितरण कार्य सुरु गरेको हो ।

सोमबार वडा नम्बर १ स्थित रिमाल्नी वडा कार्यलयमा ७३ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा को लागी निस्सा दिइएको छ । गाउँपालिकामा ३५३ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरुले तथा अव्यवस्थीतहरुले समेत निबेदन दिएका थिए।

गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा र करुणा गुरुङले स्थानीयलाई ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको जानकारी दिए ।

तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने अध्यक्ष थापाको भनाइ थियो ।

उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको बताए । ‘तपाईहरुको पूर्जा छैन । बन्दिपुरको वडा नम्बर १ बाट शुरु भएको (लालपुर्जा ) निस्सा वितरण कार्यक्रम ६ वटै वडामा शुरु हुने गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । (मध्यनेपाल अनलाइन)

तनहुँ बिशेष फिचर न्युज बन्दिपुर बिशेष मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *