तनहुँको शुक्लागण्डकी नगरपालिका – ५ मा नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका मित्रबन्धु पौडेलले चुनावी प्रचारप्रसार सुरु गरेका छन् । उनी शनिबारदेखी मतदाताको घरदैलोमा पुग्न थालेका हुन् ।
वडाबासी चाहेको जस्तो विकास गर्न आफु तत्पर रहेको बताए । वडाबासीलाई शुद्ध खानेपानी व्यवस्थापन गर्ने, फोहोरमैलाको व्यवस्थापन गर्दै वायाग्याँस उत्पादन गर्ने, विश्वविद्यालय निर्माणका लागि पहल थाल्ने, डन्डुरे खोलाको व्यवस्थापन गर्दै कटान रोक्ने योजना मतदाता समक्ष प्रस्तु गरेका छन् । युवाहरुको लागि रोजगारीको सिर्जना गर्ने, निशुल्क इन्टरनेटको साथै हरेक टोलमा सिसि क्यामेरा जडान, एकल पुरुषलाई भत्ताको व्यवस्था गर्ने घोषणा गरेका छन्् । वडामा आउने बजेटको वितरणमा जवाफदेही हुने उनको भनाई छ ।