तनहुँ । व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा करिब ६०० रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरेको छ ।
गाई एक घरपालुवा जनावर भए पनि पछिल्लो समयमा गाई को महत्त्व हराउँदै गएको छ । दुध दिदा सम्म पालने र दुध दिन छोडेपछि गाईलाई नि छोडने गर्दा नगरमा छाडा चौपायाको सङ्ख्या बढ्दै जाँदा सडक दुर्घटना र कृषि बालीको क्षति भएपछि २०७३ गौ संरक्षण केन्द्र सञ्चालन भएको हो ।नगरपालिकाको सहयोगमा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो ।नगरपालिकाद्वारा सञ्चालित संरक्षण केन्द्रमा हाल ११० भन्दा बढी गाई रहेको गौ संरक्षणका अध्यक्ष परजापती सापकोटाले जनकारी दिए।
पशुचौपायको हेरचाहका लागि नगरपालिकाले तिन सहयोगी कर्मचारी राखेको छ । गाईको मलमुत्र र कुहिने फोहोरलाई प्रयोग गरी बायोग्याँस प्लान्ट निर्माण गर्न थालेको हो।
वृद्व गाई मरेपछि नगाडी खुलारूपमा राखिदिन थालेपछि गिद्धहरु सिनो खाना आउन थालेको र गौ संरक्षण गर्नुअघि गिद्धहरु देखिन कठिन हुनेगरे पनि अहिले दैनिक विभिन्न प्रजातिका ५० देखि ६० वटासम्म गिद्धहरु आउने गरेको उहाँले बताए।