बैशाख ४, बन्दिपुर । नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उमेदवारको नाम सर्वसम्मतले पेश गरेको छ । ३ गते बसेको गाउँ समितिको पुर्ण बैठकले उत्त सिफारिस गरेको हो । २०७४ सालको स्थानिय निर्वाचनमा बिजय हासिल गरेको बन्दिपुर गाउँपालिकामा यश पटक पनि एक जुट भएर निर्वाचनमा होमिने र बिजय हुने बैठकका सहभागीहरुले बाताएका छन ।
नेकपा (माओवादी केन्द्र)ले नै बिजय हासिल गरेको बन्दिपुर गाउँपालिकामा अध्यक्षको लागि १० जना र उपाध्यक्षको लागि २ जनाको आकांक्षा रहेको भएता पनि गाउँ समितिको बैठकले अध्यक्षमा करुणा गुरुङ,पूर्णसिंह थापा, जीवन कायस्थलाई सर्वसम्मतिले सिफारिस गरेको छ भने उपाध्यक्षमा बिद्या लामिछाने, भानुभक्त पोखरेल, शिद्द बहादुर गर्जा मगरलाई सिफारिस गरेको छ । आफू भन्दा माथिल्लो समितिको निर्णय मान्य हुने बताउदै अध्यक्ष, उपाध्यक्षको आकांक्षिहरुले एक जुट भएर बन्दिपुरमा बिजय हासिल गर्नी प्रतिबद्धता पनि जनाउनु भएको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र) बन्दिपुरले सिफारिस गर्यो अध्यक्ष उपाध्यक्षको नाम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?