भ्रष्टाचार मुक्त स्ववियुको लागि अखिल (क्रान्तिकारी) लाई मतदान: अध्यक्ष अखिल (क्रान्तिकारी)

चैत ५, आज देशभर स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न हुन गैरहेको छ । त्रिभुवन बिश्वविश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा सम्पन्न हुदै गरेको निर्वाचनमा मुख्य तिन दलकै प्रतिस्पर्धा देखिन्छ । केहि ठाउँमा आ-आफ्नो स्वार्थका कारण निर्वाचन रोकिएको छ भने प्राय ठाउँहरुमा निर्वाचन हुदैछ ।
यसै बिचमा भ्रष्टाचार मुक्त स्ववियु निर्माणका लागि अखिल (क्रान्तिकारी)लाइ मत दिन अखिल (क्रान्तिकारी)का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले अपिल गरेका छन । आफ्नो संगठनले जितेका क्याम्पसहरुमा उल्लेखनीय कार्यहरु गरेको दावि गर्दै उनले बिद्यार्थी आन्दोलन अझ मजबुत बनाउन अखिल (क्रान्तिकारी)लाइ देशभर बिजय गराउन अपिल गरे । गणतन्त्रको रक्षा, पारदर्शी स्ववियु,समाबेशि समानुपातिक सहभागिता, मेरिटोक्रेशि लगायतका एजेन्डा सहित निर्वाचनमा होमिएको क्रान्तिकारीले देशभर निकै उत्साह जनक महोल निर्माण भएको समेत दावि गरेको छ । विद्यार्थी संगठनलाइ नियमित विद्यार्थीहरुकै संगठन बनाउने भन्दै यसै बर्ष देखि आफ्नो संगठनमा ३२ बर्ष कायम गरेको क्रान्तिकारीकै एजेन्डामा स्ववियुमा २८ बर्ष पनि कायम भएको क्रान्तिकारीको दावि रहेको छ ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *