बिनिता भण्डारी १९ चैत्र । पेट्रोल र डिजेल / मट्टीतेल को अभाव हुने खबरले पेट्रोल पम्पमा भिड लागेको छ । इन्धन अभावका साथै आपूर्ति गर्दा धेरैनै घाटा देखिएकाले पनि इन्धनमा लगातार मूल्य वृद्धि समेत भैरहेको छ । यस्तो अवस्थामा व्यापार घाटा कम गर्नी विभिन्न उपाए बारे छलफल भैरहेको स्थितिमा वजारमा इन्धन अभाव हुने हल्ला चलेको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृदि रोक्न कर र शुल्क घटाउने प्रस्ताव गरेको छ। मासिक नोक्सान करिब १० अर्ब रहेको हुदा निगमले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर र शुल्क मध्य समग्रमा प्रति लिटर १५ रुपाय घटाउने प्रस्ताव राखेको हो ।निगमले L.p ग्यासको समेत प्रति सिलिन्डर २०० रुपैया सम्म शुल्क मिनाहा गर्ने प्रस्ताव गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपतका लागि जोड विजोडको प्रणालीमा लागु गर्ने देखी आइतबार सार्वजनिक बिदा राख्ने प्रस्ताव गरेको हो । इन्धन मुल्य वृद्धिको मार बाट निगम लाई जोगाउन यस्तो उपाय अपनाएको निगमले बताएको छ।