आँबुखैरेनी, १० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाका युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम बढेको छ। आज पनि करिब १५ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
माओवादी केन्द्र प्रवेश गर्ने युवाहरुमा आँबुखैरेनी २ का अरुण भुजेल, रुप बहादुर गुरुङ, सोम बहादुर भुजेल, सोम बहादुर भुजेल, ज्ञान बहादुर भुजेल, संजय भुजेल, पूर्ण बहादुर भुजेल, गोविन्द भुजेल, इश्वर गुरुङ, कुमार गुरुङ, ४ का राम गुरुङ, स्वीड गुरुङ, मदन थापा, तुल बहादुर वि.क., ५ का सन्त बहादुर गुरुङ लगायतका रहेको माओवादी केन्द्र आँबुखैरेनीका राजु गुरुङले जानकारी दिए।
उनका अनुसार नवप्रवेशीहरुलाई माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य सुर्य बहादुर गौली, शुक्र चुमान, मगर मुक्ति मोर्चाका केन्द्रिय सदस्य जि बि राना आँबुखैरेनी गाउँ कमिटिका पदाधीकारी लगायतले पार्टीमा स्वागत गरेका थिए।