राष्ट्रिय भूमि आयोग जिल्ला स्तरीय अभिमुखिरण कार्यक्रम सम्पन्न

  • राष्ट्रिय भूमि आयोगको आयोजकत्वमा, भूमि आयोगको कामसँग सम्बन्धित , कार्यविधि तथा मापदण्ड बारेमा जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम, शुक्रबार तनहुँको दमौलीमा सम्पन्न भएको छ।
    राष्ट्रिय भूमि आयोग जिल्ला स्तरीय अभिमुखिरण कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र ब्यानर को वाचन आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला ले गरी उदघाटन गरेका थिए।

वाग्ले  भने जग्गा  उपलब्ध  गराउन सबै विज्ञहरुसँग विशेष शुत्र रहेको र अब त्यो सूत्रपात गर्नेबेला आएको    जानकारी गराउँदै तनहुँका सम्पूर्ण स्थानीय तहमा प्राविधिक कर्मचारीहरुको संख्या बढाई व्यवस्थापन गरी कार्य सम्पादन गर्नुपर्ने र पहिले जिल्ला पञ्चायतको पालामा जिल्ला समन्वय समितिको नाममा रहेको पुर्जा भएका करिब 178 घर धुरी 28 रोपनी जग्गामा रहेका अबेबस्थित बसोबासिलाई पनि अहिलेको आयोगले व्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिए।
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, र अव्यवस्थित बसोबास को जग्गा नापजाँच , श्रेस्ता,पुर्जा र कानुनी रुपमा तनहुँ जिल्लाका संपूर्ण स्थानीय तहमा रहेका त्यस्ता सुकुम्बासी जनतालाई प्राविधिक, वैधानिक र कानुनी रुपमा के कसरी जग्गा धनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराउने र त्यसका निमित्त जिल्ला समन्वय समिति, राष्ट्रिय भूमि आयोग,सम्बन्धित स्थानीय तह , नापी कार्यालय दमौली र मालपोत कार्यालयका पदाधिकारीले के कसरी आयोगको कार्यविधि र नियम कानुन संग आबद्ध रही यतार्थ सुकुम्बासी पहिचान गरी त्यस्ता जनतालाई लालपुर्जा उपलब्ध गराउन सकिने भन्ने विषयवस्तुमा आधारित रही राष्टिय भूमि आयोगका प्रमुख नापी अधिकृत जनकराज भट्ट द्वारा करिब दुई घण्टाको प्रस्तुतिकरण भयो।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष,सदस्य सचिव र केन्द्रीय अध्यक्षले पालै पालो सबै स्थानीय तहका प्रतिनिधिहरूको गुनासो टिपनी गरी त्यसमा बुँदागत रुपमा छलफल र परामर्श गरे ।
शुक्लागण्डकी नगरपालिका प्र. अ. का अनुसार वार्ड न ७ को लागत प्रविष्ट कार्य सकेर निसा वितरण भाई सकेर नी जग्गा नापजाँच को लागि ७ दिने र १५ दिने सूचना प्रकाशित भइसकेको जानकारी गरे। बन्दीपुर गा.पा. मा पनि डाटा इन्ट्री को अंतिम चरणमा पुगेको र निसा वितरण गर्ने तयारी रहेको, भानु न.पा. का वरिष्ठ अधिकृत सुनिल पाण्डे ,ऋषिङ, घिरिङ र म्याग्दे गा.पा. का प्रतिनिधि हरुले पनि आफ्नो वार्ड र तहको भूमिको कार्यबारे स्पष्टोक्ति गरे।
यसरी अन्त्यमा केन्द्रिय अध्यक्ष केशव निरौला र तनहुँ जिल्ला आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले अहिलेको आयोग पहिलेको जस्तो नभएर छुट र पहिलेका आयोगका अधूरा कार्यहरुलाई सम्पादन गर्दै त्रिपक्षीय समन्वय र कार्यानयनको साथ प्राविधिक कर्मचारी, सफ्टवेयर व्यवस्थापन ,वार्ड स्तरिय समिति, स्थानीय सहजीकरण समिति, र जिल्ला समिति र नापी कार्यालय , मालपोत कार्यालय सम्पूर्ण कर्मचारी र प्रतिनिधि मिलेर आगामी दिनमा भूमिहीन र सुकुम्बासी जनताको जग्गाको स्वामित्व र हक हस्तान्तरण गरिने जानकारी पनि गरे। यसै गरी अभिमुखीकरण कार्यक्रममा आयोगका नायब सुब्बा राम बराल ज्यूको सहजीकरण का साथ भव्य रूपमा जिल्ला समन्वय समितिको सभाहलमा दमौलीमा समापन भएको हो।
उक्त का्यक्रममा व्यास नगरपालिका का नगर प्रमुख वैकुण्ठ न्यौपने, शुक्लागण्डकी नगरपालिका का नगर प्रमुख कृष्ण पण्डित , उप प्रमुख खुम बहादुर विक , प्रशासकीय अधिकृत लक्षमण लम्साल, सर्भेक्षकहरु ,नापी कार्यालय खरीदार लोकनाथ तिवारी, कार्यक्रमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी, आयोगका सदस्य, सचिव ,नापी कार्यलयका प्र. अ. कृष्ण आचार्य , आयोगका विज्ञ सदस्य श्री राम कार्की , महिला सदस्य सर्वदा खनाल, सदस्य कृष्ण बहादुर गुरुङ र अन्य धेरै कर्मचारीको उपस्थिति थियो भने कार्यक्रमको सनचालन नापी कार्यलयका सर्भेक्षक राजीव श्रेष्ठले गरेका थिए ।

तनहुँ बिशेष मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 thought on “राष्ट्रिय भूमि आयोग जिल्ला स्तरीय अभिमुखिरण कार्यक्रम सम्पन्न

  1. भूमिहीन सुकुम्बासीको सम्बोधन सहित यो समाचार सम्प्रेषण गर्दिनु भएकोमा सम्पादकलाई विशेष धन्यवाद, आशा छ यो आयोगले छिट्टै पुर्जा वितरण गरोस् जनताको आशा नमरोस्।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *