क्रान्तिकारीको माहोल देखिए पछि एमाले निकट अखिलले लगायो आर आरमा ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश ठूला क्याम्पसमा भोलि (मंगलबार, चैत ५ गते) का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन ताला बन्दीका कारण प्रभावित भएको छ। क्याम्पसहरूमा जारी ताला बन्दीले गर्दा भोलि मतदान सम्भव नहुने देखिएको छ ।

सोमबार राति रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा नेकपा एमाले निकट अनेरास्ववियुले ताला लगाएको छ। ताला बन्दीसँगै स्ववियु निर्वाचनको कार्यतालिकामा बाधा पुगेको हो ।

यसबीच, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सभापति उम्मेदवार संगम लामाले ताला बन्दी हारको मानसिकताको उपज भएको आरोप लगाएका छन्। लामाले अखिल (क्रान्तिकारी)को पक्षमा राम्रो मावल थियो । हामी जित्ने विश्वासमा थियौ । तर अकस्मात् तालाबन्दीले अचम्मित पारेको बताए । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, “निर्वाचनमा जानुको विकल्प छैन। विद्यार्थीको संस्थामाथि विरासतको धाक लाउनेहरूले देखाएको चरित्र ठ्याक्कै तिनका बाको चरित्रसँग मेल खायो।”

उनले थप आरोप लगाउँदै भनेका छन्, “एउटा जनजातिको छोरोले निर्वाचन जित्ने संभावना देखेपछि सत्ताधारी दुई दलले एकअर्कालाई दोष दिएर नाटक मञ्चन गर्नु स्वाभाविक भयो । एउटाले फर्जी कार्ड छाप्ने, अर्काले ताला लगाउने जस्ता क्रियाकलाप अत्यन्त खेदजनक छन्।”

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *