तनहुँकै पुरानो बिधालयले पोसाक बितरण गरेर मनायो १०२ औं बार्षिक उत्सव

बन्दिपुर । तनहुँकै पुरानो बिधालय, नेपालकै पुरानो मध्यको एक दिल आधारभुत बिधालयले १०२ औं बार्षिक उत्सव मनाएको छ । बि सं १९७६मा स्थापना भएको यश विद्यालयले सम्पुर्ण बिद्यार्थीलाई पोसाक वितरण तथा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्दै मनाएको हो । बिद्यालयको संरक्षक पनि रहेका डा मदन कुमार पियाले व्यवस्थापन गर्नु भएको पोसाक बितरण गरिएको हो । कक्षा ५ सम्म पढाई हुने यश बिद्यालयमा ७० जना विद्यार्थीहरु पठन पाठन गर्दै आएका छन भने सम्पुर्ण बिद्यार्थीहरुलाइ जुत्ता, मोजा, ट्याक सुट,टोपी सहितको पोसाक बितरण गरिएको हो । बार्षिक उत्सव कार्यक्रममा बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा मगर, बन्दिपुर गाउँपालिका शिक्षा प्रमुख बिष्णु खत्री, बन्दिपुर वडा नं ४ का कार्यवाहक वडाध्यक्ष दान बहादुर थापा, शिक्षाविद बिक्रम पिया, समाजसेवि मणि प्रधान, युवा नेताद्धय सुरेश लामिछाने अरबिन्द्र भट्टराई, पुर्व प्र अ हरि प्रसाद भट्टराई, प्र अ चन्द्रकला भट्टराई, बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष शान्ता शाही, समाजसेवि राजाराम प्रजापति लगाएतको सहभागिता रहेको थियो ।।

फिचर न्युज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *