नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिको कार्यलय उद्घाटन

नेकपा (माओवादी केन्द्र)बन्दिपुर गाउँ समितिले आफ्नो सम्पर्क कार्यलय उद्घाटन गरेको छ । नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति बैशाख ३० गते घोषणा गरे लगतै पार्टी सम्पर्क कार्यलयहरु स्थापना हुन थालेको परिवेशमा माओवादी केन्द्रले पनि आफ्नो सम्पर्क कार्यलयको उद्घाटन गरेको हो । २०७४ सालको स्थानिय निर्वाचनमा बिजय भएको माओवादी केन्द्रले आफ्नो सम्पर्क कार्यलय बन्दिपुर गाउँपालिकामा वडा नं २ बसपार्क नजिकै स्थापना गरेको हो । देश एमसिसिको विषयले रुमल्ली रहेको अवस्था पनि स्थानिय तहहरुमा भने निर्वाचनको गर्मागर्मी सुरु भएको छ । संगठन निर्माण गर्नी, पार्टी प्रवेश गराउने, सम्भावित उमेदवारको चर्चा गर्नी लगायतका क्रियाकलाप अहिले स्थानिय तहहरुमा देखिन थालेका छन । कार्यक्रम माओवादी केन्द्रको बन्दिपुर गाउँ समिती अध्यक्ष जीवन कायस्थको अध्यक्षतामा भएको थियो भने पार्टी केन्द्रिय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज हरि बहादुर चुमानको प्रमुख आतिथ्यता रहेको थियो । माओवादी केन्द्रले अबको चुनाव आफ्नै बलबुतामा लड्ने भन्दै संगठन बिस्तारको कार्यलाइ तीव्रता दिन कार्यक्रममा चुमानले अपिल समेत गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य हेमराज लामिछाने (क्षितिज), प्रदेश सदस्य गिता शाही, प्रदेश सदस्य तथा बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा मगर, जिल्ला सदस्य सिद्धान्त गर्जा मगर,भानुभक्त पोखरेल,राजन भट्टराई, सुदिन पौडेल सल्लाहकार बामदेव भट्टराई, रामचन्द्र भट्टराई,खुम बहादुर कुवर, बन्दिपुर गाउँ समिती पदाधिकारी लोक बहादुर बानिया,ध्रुव लामिछाने,सुदिप पोखरेल, सुरेश लामिछाने, अरबिन्द्र भट्टराई जनप्रतिनिधि कृष्ण प्रसाद लामिछाने लगाएतको सहभागिता रहेको थियो ।

फिचर न्युज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *