नेकपा माओवादी पार्टीले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न.५ मा आफ्नो पार्टी कार्यालय स्थापना गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा न ५ मा रहेको भिमसेन टोलमा स्थापना गरिएका कार्यालयको आज पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद आशा कोइरालाले रिबन काटेर उद्घाटन गरिन् ।
कार्यालय उद्घाटनपछि कोइरालाले पार्टीका नेता कार्यकर्ताले आफूलाई अन्य पार्टीको भन्दा भिन्न रहेको व्यवहारबाट देखाउनुपर्ने बताइन् ।कार्यालय स्थापनापछि पार्टीका गतिविधिलाई व्यवस्थितरूपमा अघि बढाउन सहयोग पुग्ने भन्दै स्थानीय चुनाव मा माओवादी पार्टीलाई बिजय गरौं भने शुभकामना व्यक्त गरिन् ।
यस कार्यक्रममा वडा न ५ का वडा कमिटी अध्यक्ष मित्र बन्धु पौडेलले देश परिवर्तन र विकासका लागि गठबन्धन आवश्यकता रहेको बताए । यसैगरी ycl केन्द्रिय सदश्य , सरन सापकोटाले गठबन्धन को आवश्यकता र माओवादी पाटी लाई बिजय गराउन ycl ले सक्दो सहयोग गर्ने र देश विकासको लागि माओवादी पार्टीले विजय हुनु पर्ने बताए ।
यस कार्यक्रमा प्रदेश सदस्य दिनेश गौतम ( विशोजित), वडा इन्चार्ज पहल सिंह वि.क , ycl जिल्ला सदस्य दिपेश गुरुङ्ग , वडा न ५ का स्थानीय बासिन्दा को उपस्थित रहेको थियो ।
पुर्व मन्त्री आशा कोइराला बाट कार्यलय उद्घाटन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?