‘एकान्त भीड ‘ का कवि अमृत क्षेत्रीको “दहीचिउरासँग पुछारसिटमा” एकल कविता वाचन समापन।

‘राष्ट्रको महत्वपूर्ण मस्तिष्क पुछारसिटमा भेटिन सक्छ ‘ ए पी जे अब्दुल कलामको महान भनाइ अनुसार मिति २०७९-३-१५ गते यानिकी असारे पन्ध्रको दिन पारेर “दहीचिउरासंग कविता पुछारसिटमा- वरिष्ठ साहित्यकार ‘एकान्त भीड ‘ का कवि अमृत क्षेत्री ले एकल कविता वाचन कार्यक्रम निउरोडको हिमालयन रिडरस कर्नरमा समापन भएको छ।
पर्वत स्थायी घर भएका बि सं २०५६ साल बाट पोखराका बासिन्दा पूर्व आर्मी पनि रहेका कवि अमृत क्षेत्रीले केही समय अगाडि प्रकाशित गरेको कविता संग्रह एकान्त भीड एक चर्चित कविताको रूपमा रहेको छ। असारे पन्ध्रौं पारेर एकल कविता बाचन बेलुका ५ बजे बाट सुरु भई करिब ७ बजे समापन भएको हो। उक्त कार्यक्रम मा उनले करिब डेढ दर्जन कविता वाचन गरेका थिए जसमध्ये ,मौन, आफैलाई भुलेछु, छुटेको बलापन,हामी यात्रामा थियौं, बाँकी समयको खोजी,अलमल मान्छे,झण्डा आदि शीर्षकमा रहेका थिए । कार्यक्रम पृथकता साथ सुरुमा सबैले दही चिउरा ग्रहण गरे पश्चात कविता वाचन सुरु गरिएको थियो।कार्यक्रम पुछारसिटे अभियानका संयोजक संजीव पौडेल द्वारा आयोजना गरिएको थियो जसमा प्रायोजक सुजल डेरी का संचालक र युनियन लाइफ इन्स्योरेन्स का प्रोपेटरलाई मायाको चिनो प्रदान गराई विशिष्ठ अतिथि साहित्यकार तीर्थ श्रेष्ठले आगामी दिनमा अमृत भाइलाई महाकवि का रुपमा देख्न पाइयोस् भन्दै शुभकामना दिँदै हिमालयन रिडर कर्नर निउरोडमा समापन भएको हो।
उक्त कार्यक्रम मा विभिन्न संघ संस्थामा आबद्ध साहित्यकार , कलाकार , पत्रकार र  करिब ६० जनाको सहभागिता रहेको थियो, जसमा विशिष्ठ अतिथिका रुपमा साहित्यकार कवि दुर्गा बराल, र तीर्थ श्रेष्ठ रहनु भएको थियो ।

समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *