ने .क .पा माओवादी पार्टीको केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद माननीय आशा कोइराला ज्युले शुक्लागण्डकी नगरपालिकामा गण्डकी प्रदेश सरकार अर्थ मन्त्रालयद्वारा आर्थिक बर्ष २०७९/८० को लागि विभिन्न आयोजनाहरुमा बजेट विनियोजित भएको छ।
शुक्लागण्डकी नगरपालिकाको १ देखि १२ वडामा नै विभिन्न आयोजनाहरुमा बजेट विनियोजन भएता पनि शुक्लागण्डकी नगरपालिका वडा न ८ मा भने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य युवा नेता मिलन महत को पहलमा विभिन्न योजनाहरुलाइ कुल १ करोड १५ लाख बजेट विनियोजन भएको हो। उक्त योजनाको विवरण यस प्रकार को छ
एक्लेडाँडा पर्यटन पुर्बाधार निर्माण (५ लाख)
गुदारे मोटर मार्ग (१५ लाख)
शुक्लागण्डकी ८ र ५ जोडने सेती नदीमा पुल (४ करोड ९० लाख)
शुक्लागण्डकी ८ र भिमाद ८ जोडने पुल (2 करोड ५० लाख)
असिखेत बाँध कुलो सिंचाइ योजना (८ लाख)
डुडे कुलो बाँध सिचाइ योजना (१०लाख)
बिर्ता टुडे बाध कुलो निर्माण (६ लाख)
बान्गे खोला डागरेपानी कुलो बाध तथा तटबन्ध (५ लाख)
एकले आमा समुह भवन निर्माण (५ लाख)
मालेबगर सामुदायिक भवन (१० लाख)
सहिद कृष्ण पार्क संरक्षण तथा व्यवस्थापन (१० लाख)
सुरुौदी गनपतेटार सिंचाइ योजना (१०लाख)
बान्गेखोला नियन्त्रण कार्य (१५ लाख)
शुक्लागण्डकी नगरपालिका वडा न ८ मा १ करोड १५ लाख बजेट विनियोजन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?