बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापन कार्यक्रम सम्पन्न

बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन कार्यशाला कार्यक्रम तनहुँको शुक्लागण्डकी नगरपालिकाको हल मा सम्पन्न भएको छ।
सामाजिक बिकास कार्यलय गण्डकी प्रदेश तनहुँ दमौली को आयोजनामा भएको बाल मन्त्री कार्यक्रमा शुक्लागण्डकी नगरपालिकाको १२ वटा वडाको जनप्रतिनिधि , स्वास्थ्यकर्मी ,शिक्षा र नगरपालिका शाखा प्रमुख, कर्मचारीहरु सहभागी रहेको थियोे ।
शुक्लागण्डकी नगरपालिकाको उप प्रमुख खुम बाहादुर बि .क (राजु) ले नगरपालिकालाइ पाँच बर्ष भित्र बालमैत्री स्थानीय तह बनाउने प्रस्ताव पारित गरिसकेको बताए। नगरपालिकालाई बालमैत्री बनाउनका लागि आवश्यक पर्ने सबै नीतिगत तथा भौतिक निर्माणका कार्य सम्पन्न गर्ने बताए ।
शुक्लागण्डकी नगरपालिकाको सबै वडामा वडा स्तरिय बाल सञ्जाल, नगर स्तरिय बाल सञ्जाल पुनर्गठन गर्ने साथै हरेक योजना कार्यक्रम बालमैत्री बनाउने बाल प्रतिनिधिको समेत सल्लाह सुझाव लिने र नगरपालिका भित्र बालविवाह, बालश्रम , सडकमा बालबालिका न्युनिकरण गर्ने जानकारी  दिए ।

तनहुँ बिशेष मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *