असार २३ । अनेरास्ववियू(क्रान्तिकारी)ले आफ्नो विभिन्न माग सहित शिक्षा विधेयक छिटो ल्याउन आज शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्री रधुजी पन्तलाइ भेटी ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा उत्त संगठनको बुझाइ र सुझावहरु रहेका छन । नयाँ शिक्षा विधेयकले नेपालको संविधान कार्यान्वयन गर्ने, संघियताको मर्म बोकेको, राज्यको पुनर्संरचना अनुरुप बन्नु पर्दछ भन्ने संगठनको धारणा रहेको उक्त संगठनका अध्यक्ष बिजय प्रकाश सापकोटाले बताएका छन । शिक्षामा दोहोरो मापदण्ड कायम हुदाँ धेरै पैसा धेरै शिक्षा, कम पैशा कम शिक्षा, छैन पैशा छैन शिक्षा भन्ने परम्परा भत्काउन जरुरी भएको समेत अध्यक्ष सापकोटाले बताए । अनेरास्ववियू (क्रान्तिकारी) शिक्षा विधेयक निर्माण र संसदमा टेवल गराउनको लागि विभिन्न चरणका दवाव मुलक कार्यक्रमहरुमा निरन्तर सहभागी बन्दै आएको जानकारी समेत उन्ले दिए ।
शिक्षक बनेर देशको सेवा गर्ने उदेश्य बोकेका उर्जावान युवाहरुको प्रतिस्पर्धाको मार्ग फराकिलो बनाउन शिक्षक नियुक्तीको विषय शत-प्रतिशत खुल्ला प्रतिस्पर्धा मार्फत हुने व्यवस्था सुनिश्चित गर्दै ७० लाख भन्दा बढी विद्यार्थीहरुको भविस्यसँग प्रत्यक्ष जोडिएको विद्यालय शिक्षा विधेयक पारित गर्ने वातावरण बनाउन, शिक्षा बिधेयक छिटो ल्याउन उनिहरुले नेपाल सरकार समक्ष माग गरेका छन ।