पाँचसय एकको कैद मिनाहा

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले बाँकी […]

पुरा पढ्नुहोस् ..

एडिबीसँग सघन साझेदारीमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउन एशियाली विकास बैंक (एडिबी) सँग सघन साझेदारी आवश्यक भएकामा जोड दिनुभएको छ । एडिबीका कार्यकारी निर्देशक डा वान फारिसनसँग आज भएको ‘भुर्चुअल’ छलफलमा उहाँले उक्त कुरामा जोड दिनुभएको हो । नेपालका उत्पादन नगण्य मात्रामा मात्र निर्यात भइरहेको बताउँदै अर्थमन्त्री शर्माले यसलाई बढाउन एडिबीसँग सहकार्य अपरिहार्य भएको उल्लेख […]

पुरा पढ्नुहोस् ..

सडक विस्तारका क्रममा वातावरणीय पक्षलाई ध्यान दिन आग्रह

नेपाल वातावरण पत्रकार समूहले पछिल्ला दिनमा विभिन्न विकास आयोजनामा वातावरणीय पक्षलाई नजरअन्दाज गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समूहले पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक विस्तार तथा चितवनको टिकौली क्षेत्रको सडक निर्माणका क्रममा लापरबाही र वातारणीय पक्षलाई वेवास्ता गरिएको भन्दै चिन्ता व्यक्त गरेको हो । वन्यजन्तु कोरिडोरमा सडक निर्माणको क्रममा आवागमनलाई व्यवस्थित गर्न अण्डरपास […]

पुरा पढ्नुहोस् ..

राप्रपा (नेपाल) का अध्यक्ष साधारण सदस्यबाट निष्काशित

राप्रपा (नेपाल) ले अध्यक्ष लाक्पा तामाङले पार्टी हित तथा विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्यबाट निष्काशन गरेको छ । पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तेजराज भुजेलले आफ्नो अध्यक्षतामा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले अध्यक्ष तामाङलाई कारबाही गरेको जानकारी दिनुभयो । पार्टीको २१ सदस्यीय कार्यसमितिमध्ये १५ सदस्यले कारबाही गर्ने निर्णय […]

पुरा पढ्नुहोस् ..

भारी बोकेरै परिवारको खर्च जोहो

अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्नुहुन्छ । गाउँपालिका केन्द्रसम्म सडक नपुगेकै कारण उहाँले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गर्नुभएको छ । गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि चाहिने सरिया बोकेर उहाँ दिनहुँ यहाँ पुग्ने गर्नुहुन्छ । त्यसबाहेक […]

पुरा पढ्नुहोस् ..

नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

कञ्चनपुर, ६ फागुन : कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । “मोबाइलमा […]

पुरा पढ्नुहोस् ..

ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौँ, ६ फागुन (रासस) : काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताउनुभयो । उहाँले आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि […]

पुरा पढ्नुहोस् ..

बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए

राँझा, ६ फागुन (रासस) : बाँकेमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै कुष्ठरोगी ४४ जना फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी […]

पुरा पढ्नुहोस् ..

बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन

बेनी, ६ फागुन (रासस) : म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ । क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने तयारी गरेको हो । बिहीबार क्याम्पसमा आयोजित अन्तक्र्रिया कार्यक्रममा समय सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर प्लस […]

पुरा पढ्नुहोस् ..