स्थानिय निर्वाचन नजिकिदै गर्दा पार्टीहरु आफ्नो आफ्नो चुनावि एजेन्डा लिएर घर दैलो गर्नी क्रम सुरु भएको छ । बैशाख ३० गते गर्नी भनिएको स्थानीय निर्वाचनले बिस्तारै चुनावी माहोल बन्दै गएको बुझ्न सकिन्छ । नेकपा (माओवादी केन्द्र) ले बिजय हासिल गरेको बन्दिपुरमा अगामी निर्वाचनको लागि विभिन्न योजना सहित घर दैलो कार्यक्रम सुरु गरेको छ । बिकास निर्माण, बन्दिपुर गाउँपालिकाको कार्य सम्पादन मुल्यांकन लगायतमा गण्डकी प्रदेश भित्र अव्बल साबित रहदै आउन सफल छ बन्दिपुर गाउँपालिका । अन्य स्थानिय तहको तुलनामा राम्रो प्रभाव छोड्न सफल भएको कारणले यश पटक पनि बन्दिपुरमा नेकपा (माओवादी केन्द्र)को प्रबल सम्भावना रहेको छ । आज बसेको बिस्तारित बैठकले हेमराज लामिछाने ( क्षितिज )को संयोजकत्वमा ६०७ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको छ । यसै कार्यक्रममा काङ्ग्रेस एमाले परित्याग गरि २५ जना नेकपा ( माओवादी केन्द्र)मा प्रबेश गरेका छन । नवप्रवेशिहरुलाइ नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा तनहुँ पार्टी इन्चार्ज हरि बहादुर चुमानले अवीर लगाइ स्वागत गर्नु भएको थियो । यसै क्रममा उहाँले अहिले देश माओवादीकै एजेन्डामा चलेकोले देशै भरी माओवादी प्रती जनताको आकर्षण बढेको पनि बताउनु भयो । आजै सल्लाहकार समिती, ज्येष्ठ नागरिक मञ्च पनि गठन गरिएको छ । प्रदेश सदस्य तथा बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, प्रदेश सदस्य विद्या छेत्री, प्रदेश सदस्य तथा गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ, जिल्ला सचिवालय सदस्य जीवन कायस्थ, भानुभक्त पोखरेल,सिद्ध बहादुर गर्जा मगर, राजन भट्टराई, सुदिन पौडेल, ध्रुव प्रसाद लामिछाने,लोक बहादुर बानिया,सुदिप पोखरेल,सुरेश लामिछाने, अरबिन्द्र भट्टराई लगाएतको सहभागीता रहेको थियो ।
बन्दिपुरमा माओवादी झन लोकप्रिय, सुरु भयो पार्टी प्रबेश गर्नेको लहर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?