सुकुम्बासी जग्गाको नाप नक्साअंकन गर्ने तनहुँका प्राविधिकलाई तालिम


राष्ट्रिय भूमि आयोगद्वारा सम्पादन गर्ने नाप नक्शांकन कार्यमा खटिने प्राविधिक कर्मचारी हरुको तालिम तथा अभिमुखीकरण कार्यक्रम राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँको आयोजनामा आज तनहुँको दमौलीमा समापन भयो।
यस कार्यक्रममा जिल्ला समिति तनहुँको आयोग को अध्यक्ष रामचन्द्र अधिकारी द्वारा ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गरे। नापी कार्यालय दमौलीमा अतिथीहरु क्रमशः मालपोत कार्यालय तनहुँका प्रमुख अधिकृत चिरञ्जीवी पौडेल, नापी कार्यालयका प्रमुख अधिकृत तथा आयोगका सचिव कृष्णप्रसाद आचार्य , आयोगका विज्ञ सदस्य श्रीराम कार्की , महिला सदस्य सर्वदा खनाल द्वारा प्रथम चरणमा शुभकामना मन्तव्य दिँदै उद्घाटन सत्र र विभिन्न स्थानीय तहका प्राविधिक कर्मचारी बीच परिचयात्मक कार्यक्रम गरी सुरु भएको थियोे ।
कार्यक्रमको दोश्रो चरणमा भने तालिम तथा अभिमुखीकरणको क्रममा सदस्य सचिव नापी अधिकृत कृष्ण्रसाद आचार्यले प्राविधिकहरुलाई सुकुम्बासी तथा अव्यवस्थित बसोबासको जग्गा नापजाँच तथा नक्शांकनमा आधुनिक प्रविधिको प्रयोग गरी कसरी काम समापन गर्ने भन्ने विषयमा नापीको सिद्धान्तलाई पूरक मानेर जनताको कार्यमा निष्कपट र सूक्ष्मता, परिशुद्वतका साथ काम गर्न अनुरोध गर्दै आफ्नो प्रस्तुतिकरण दिए।
उक्त कार्यक्रममा दोश्रो पटक सगरमाथाको चुचुरोमा पुगेका नापीका प्रमुख अधिकृत खिमलाल गौतमद्वारा प्रकाशित कृति “पन्ध्रौं चुली”सगरमाथाको उचाई मापन को विमोचन गर्दै सँचलाक नापी टोली प्रमुख राजीव श्रेष्ठले ,आयोगका अध्यक्ष द्वारा समापन मन्तव्य दिई कार्यक्रमको समापन भयो ।

तनहुँ बिशेष मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *